कोरोना नियन्त्रणका लागी लम्कीचुहा नगरपालिकाले तत्काल ५० शैयाको आईसोलेशन सञ्चालन गर्दै

कैलालीको लम्कीचुहा नगरपालिका विश्वब्यापी महामारिका रूपमा फैलिदै गएको कोरोना भाइरस कोभिड- १९ को रोकथाम तथा नियन्त्रणमा जुटेको छ । दिन प्रतिदिन कोरोना संक्रमित बढेर भयावह स्थिती सिर्जना हुन थाले संङ्गै यसको नियन्त्रण तथा रोकथाममा नगरपालिका जुटेको हो । मंगलबार नगरपालिकामा नगर प्रमुख महादेव बजगाईको अध्यक्षतामा स्वास्थ्यकर्मी र स्थानीय प्रशासन बिच संयुक्त रुपमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि नगरपालिकाको  वडा नं.२ गणेशपुर स्थित राधास्वामी सत्सङ्ग घरमा ५० शैयाको आईसोलेशन तत्काल स्थापना गर्ने निर्णय भएको नगर प्रमुखको सचिवालय प्रमुख धनन्जय न्यौपानेले आफ्नो आधिकारिक फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन । साथै प्रत्येक साताको २ दिन नि:शुल्क पिसिआर परिक्षण गरिने छ भने ५० थान अक्सिजन सिलिण्डर, एम्बुलेन्स तयारी अवस्थामा रहने छ । त्यस्तै तप्त बहादुर भण्डारी(मोबाईल नं ९८४४८०२८७२) र प्रेम बहादुर बि.क(९८६८५६२८१९) लाई आईसोलेशनमा फोकल पर्सनका रुपमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here