कोरोनाको खोप उपलब्धताका लागि आग्रह

संयुक्त राष्ट्रसंघ

१७ असोज (रासस÷सिन्ह्वा) ः विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् ।

frontline

संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाले विश्वका सबै देशहरुलाई नै महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन् ।

महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना भाइरस महामारीको कुनै सीमा नरहेको र विश्वका देशहरुमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै उनीहरुले सो आवाज उठाएका हुन् ।

उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो । चीन कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने ठूला देशहरु मध्येको एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो ।

राष्ट्रसंघमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए । सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिहरुले कोरोना भाइरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा लिँदै त्यसका विरुद्धमा लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here