कोरोनाको उद्गमस्थल पत्ता लगाउन गुप्तचर संस्थाहरुलाई बाइडेनको निर्देशन

काठमाडौं । न्यूयोर्क अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको उद्गमस्थल पत्ता लगाउन गुप्तचर संस्थाहरुलाई निर्देशन दिनु भएको छ । उहाँले तीन महिना भित्र रिपोर्ट दिन पनि निर्देशन दिनु भएको छ । गुप्तचर संस्थाहरुले यसअघि पनि प्रतिवेदन बुझाएका थिए । तर एकमत हुन नसकेपछि उहाँले फेरि अर्को निर्देशन दिएको समाचारमा उल्लेख छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस विश्वभर फैलिएको छ । अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार वुहानको प्रयोगशालाबाट लिक भएको बताइएको छ भने अर्को तर्क त्यहाँको मासु बजारबाट फैलिएको बताइएको छ । यसबारेमा रिपोर्ट दिन बाइडेनले निर्देशन दिएका हुन् ।

frontline

सीएनएनमा प्रकाशित समाचारअनुसार चीनको वुहान इन्टिच्युटका भाइरोलोजिष्ट बिरामी परेका थिए । सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक भाइरसका बिरामी फेला परेको तर त्यसको उत्पत्ति कसरी भयो भन्ने बारेमा अनुसन्धान भएपनि अन्यौल कायमै छ ।

चीनको वुहानस्थित प्रयोगशालाबाट भाइरस बाहिरिएको र त्यहाँ नजिकै रहेको जनावर बेचबिखन बजारबाट फैलिएको हो भन्ने दुई विषयमा विभिन्न अनुसन्धान भइरहेका छन् । गत वर्ष विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले चिनियाँ वैज्ञानिकहरुसँग स्थलगत अनुसन्धान गरेपछि जनावरबाट भाइरस सर्ने सम्भावना अत्यन्तै थोरै रहेको निस्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here