कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका अन्तर्कृया कार्यक्रम सम्पन्न

प्रेस विज्ञप्ती मितिः १९ भाद्र २०७८ , काठमाण्डौं कम्प्युटर एशोसिएन नेपाल महांसंघद्धारा आयोजित कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

काठमाण्डौको मैतीदेवी स्थित सन वे ईन्टरनेशनल बिजनेस स्कूलमा पत्रकार महिलाहरुको लागि क्यान महासंघको वुमेन इन आइसिटी र आइसिटी यूथ इम्पावरमेन्ट कमिटिद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ महिला संचारकर्मी एवं मिडिया एड्भोकेसीग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेत र साउथ एसिया वमेन इन मिडियाका अध्यक्ष तथा सञ्चारिका समूहका पूर्व अध्यक्ष निर्मला शर्मा प्रमुख श्रोत व्यक्तिको रुपमा रहनुभएको थियो ।

frontline

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले उपस्थित अतिथिहरु र सहभागीहरुलाई स्वागत गर्दै हरेक संकट वा महामारी सामनापछि मानिसले आफ्नो कार्यशैलीमा परिमार्जन गर्ने गरेको दृष्टान्त पाइन्छ ।

कोरोनाभाइरस रोगले विश्वव्यापी माहामारीको रुप लिएपछि नेपाली पत्रकारको रिर्पोटिङ गर्ने शैलीमा केहि उल्लेखनीय परिवर्तन आएको छ ।

पत्रकारको कार्यालय घरमै बनेसँगै कोभिड १९ रिपोर्टिङमा केहि नवप्रवर्तनका उदाहरणहरु पनि देखिएको बताउनु भयो । कोभिड १९ महामारीको बेला नेपाली मिडियामा देखिएका बिशेष गरी रेडियो, टेलिभिजन र अनलाइन माध्यममा बिषयवस्तु वा समाचार कन्टेन्टका स्वरुप र प्रस्तुतिका शैली, मल्टिमिडियामा प्रयोग, पाठक सम्मको पहुँचका लागि अपनाइएका सम्प्रेषण वा बितरणका तौरतरिकामा धेरै परिर्वतन आएको छ ।

अधिकांश नेपाली सञ्चार माध्यमले डिजिटल प्रविधिको अझ बृहतर प्रयोग गर्न थालेका छन । उनीहरूले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेका छन ।

मिडियामा प्राविधिक रुपान्तर हुँदा नेपालमा अनलाइन मिडिया नवप्रवर्तन क्षेत्रको रुपमा विकास भएको कुरा अध्यक्ष कुँवरले बताउनु भयो । लकडाउनको अवधिमा नेपाली पत्रकारले ‘मोबाइल जर्नालिज्म’ अझ सिकेको र मोबाइलबाट समाचारलाई चाहिने खुराक – फोटो, भिडियो र आवाज – कसरी संकलन गर्ने भन्नेकुरामा वढि ध्यान दिइएको पाईयो ।

त्यसकारण कोभिड १९ महामारीले नेपाली मिडियामा नवप्रवर्तन अथवा इन्नेभेसन नै ल्याईदियो उहाले भन्नु भयो । कोभिड १९ पछि नेपाली मिडियामा समाचार कन्टेन्ट र शैली, मल्टीमिडिया र प्रविधिको प्रयोग, विविध प्लेटफर्महरुको प्रयोग जस्तै ‘डिजिटल माध्यममा मेसेन्जर, भाइबर, जुम, ह्वाट्सअप, डिजिटल प्रकाशन , वेबसाइटबाट प्रकाशन, सामाजिक संञ्जालबाट वितरण, र अडियन्स इन्गेजमेन्ट अर्थात पाठक केन्द्रित प्रकाशन लाई बढि महत्व दिएको पाइन्छ ।

त्यसैले अव नेपाल पूर्णरुपमा डिजिटल जर्नालिज्ममा प्रवेश गरेको हो कि भन्न पनि सकिन्छ ।’ उक्त कार्यक्रममा अध्यक्षले भन्नुभयो । कार्यक्रम शुरुवात गर्दै क्यान महासंघका महासचिव नारायण थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुका साथै क्यान महासंघ र क्यान महासंघले गर्ने कार्यक्रमहरुका सन्र्दभमा प्रकाश पार्नु भएको थियो ।

अतिथि वक्ता वरिष्ठ सञ्चारकर्र्मी तथा मिडिया एड्भोकेसी ग्रपका कार्यकारी निर्देशक बबिता बस्नेतले महिला पत्रकारमा कोभिड १९ ले ल्याएको असर, चुनौती र भूमिका का बारेमा बताउँदै महिलाहरु टेक्नोलोजीमा सहभागिता कम रहेको तर यस महामारीले सूचना प्रविधिमा ठूलो फड्को मारेको ले महिलाले पनि यसबाट लाभान्वित हुने अवसर पाएको बताउनु भयो ।

साथै मिडिया एड्भोकेसी ग्रपबाट हालै प्रकाशित महिला पत्रकारमा कोभिड १९ को असर विषयको पुस्तकमा धेरै तथ्यांङ्क रहेको समेत बताउनु भयो । अर्का अतिथि सञ्चारिका समूहका पूर्व अध्यक्ष निर्मला शर्माले सूचना प्रविधिको विकास सँगै चुुनौती पनि रहेको उल्लेख गर्नु भयो ।

सूचनाको श्रोतको स्तर र सही सूचना पाउने नागरिकको हकमा भने यस महामारीको समयमा ह्वात्त एकैताल बढे पनि प्रविधिले भने विश्वसनीयता त्यक्ति बढाउन नसकेको बताउनुभयो ।

सूचना प्रविधिको सही सदुपयोगले सूचना सम्प्रेषण गर्न सजिलो र सही सूचना प्रेशित हुनेमा भने दुईमत नरहेको उहाँको कथन थियो । अन्तरक्रिया कार्यक्रको प्रायोजक संस्था सन वे कलेजका को अर्डिनेटर मनिष महर्जनले इन्टरनेट अफ थिङ्गस को विषयमा प्रकाश पार्नु भयो ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमबाट उपस्थित सञ्चारकर्मीको प्रश्नको जवाफ अतिथिहरुले दिएका थिए । क्यान महासंघ वुमेन इन आइसिटीका सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका कार्यसमिति सदस्य रीना श्रेष्ठको संयोजनमा रहेको उक्त कार्यक्रममा, क्यान महासंघ आइसिटी यूथ इम्पावरमेन्टका कोर्डिनेटर शर्मिला भुजेल, वुमेन इन आइसिटीका सल्लाहकार रोजा किरण वासुकला को उपस्थिती रहेको थियो ।

आइसिटी यूथ इम्पावरमेन्टका सदस्य सुरेन्द्र श्रेष्ठको संचालनमा रहेको कार्यक्रम वुमेन इन आइसिटीका कोर्डिनेटर शीला कंसाकार कार्कीको धन्यवाद मन्तव्य सहित समापन भएको थियो ।

………… नारायण थापा महासचिव

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here