कोभिड बिरुद्ध ललितपुर महानगरपालिका

ललितपुर महानगरले सोमबारदेखि ५० शय्याको आइसोलेसन सुरु गर्ने

१९ वैशाख,ललितपुर । ललितपुर महानगरपालिकाले चिकित्सक, नर्स र अक्सिजन कन्सन्टेटर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर सोमबारदेखि सुरु गर्ने भएको छ  । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा आइतबार बसेको बैठकले सुनाकोठी–२६ स्थित नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृहमा ५० शय्याको आइसोलेसन सेन्टर सुरु गर्ने निर्णय गरेको हो ।

फाइल तस्बिर

 नेपाल युथ फाउन्डेसन, पाटन अस्पताललगायत अन्य रिफरल अस्पताल र महानगरबीच सोमबार त्रिपक्षीय सम्झौता गरी औपचारिक रुपमा आइसोलेसन सेन्टर सुरु गर्ने महानगरप्रमुख महर्जन बताए । अघिल्लो वर्ष उक्त गृहमा महिला र बालबालिकाका लागि क्वारेन्टिन सञ्चालन गरिएको थियो । पोषण पुनस्र्थापना केन्द्र महानगरको वडा नं २६ स्थित सुनाकोठीमा पर्दछ । 

frontline


यसैगरी महानगरको वडा नं ४ बागडोलस्थित ज्यापु समाजको एक सय १० शय्याको वृद्धाश्रम पनि आइसोलेसन सेन्टरका लागि तयारी अवस्थामा रहेको छ । नगरप्रमुख महर्जनले नगरवासीको स्वास्थ्य र सुरक्षा  पहिलो प्राथमिकता भएको बताउँदै कोभिडको दोस्रो लहरबाट नागरिकलाई जोगाउन महानगरले कुनै कसर बाँकी नराख्ने बताए ।  उनले भने, ‘ज्यापु समाजसँग पनि छलफल भइरहेको छ , त्यहाँ अहिले ज्येष्ठ नागरिक बस्नु भएको छैन, आवश्यक पर्ने बित्तिकै वृद्धाश्रम प्रयोग गर्न सकिन्छ ।’ 

महानगरले आइसोलेसन सेन्टरमा मेडिकल कन्सल्ट्यान्ट, दुईजना मेडिकल अफिसरकोे व्यवस्था गर्ने

उनले महानगरले संचालन गरेका आइसोलेन सेन्टर उत्कृष्ट हुने दाबी गर्दै कोभिड पोजेटिभले उत्कृष्ट सेवा प्राप्त गर्ने बताए ।  उपप्रमुख गीता सत्यालले नागरिकको स्वास्थ्य र सुरक्षा महानगरको पहिलो प्राथमिकता भएको बताउँदै निजी अस्पतालसँग पनि महानगरले छिट्टै छलफल गर्ने तयारी गरेको जानकारी दिइन् ।

महानगरले संचालन गरेका आइसोलेन सेन्टर उत्कृष्ट हुने दाबी

  बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरको स्रोत र साधनले भ्याएसम्म आइसोलेसन सेन्टरलाई सुविधा सम्पन्न बनाउने बताए ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत लिलाराज आचार्यले कोभिडका बिरामीले अस्पतालको शय्या भरिएको बताए । पाटन अस्पतालले कोभिड बिरामीका लागि ५० शैय्या थप्ने तयारी गरेको जानकारी दिए । 


ललितपुर महानगरले आइसोलेसन सेन्टरमा मेडिकल कन्सल्ट्यान्ट, दुईजना मेडिकल अफिसरकोे व्यवस्था गर्ने ललितपुर महानगर कोभिड फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिइन् ।  त्यसैगरी महानगरले गृहका रहेका अन्य मेडिकल स्फाटहरुलाई तालिमको व्यवस्था गर्ने जनाएको छ। 

फाइल तस्बिर

नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरुले यो आइसोलेसन सेन्टरलाई कोभिड पोजेटिभ देखिएका बिरामीलाई अस्पताल जानु पर्ने अवस्था आउनु अघिसम्म र अस्पतालको उपचारपछि पूर्णरुपमा निको हुनुभन्दा अघिको समयसम्म राख्न सकिने बताए ।  बैठकमा ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, वडा नं २७ का वडाअध्यक्ष बाबुराज महर्जन, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन लगायत थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here