कोभिडले संसारभर १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको डब्ल्युएचओको अनुमान

५ कार्तिक, जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड-१९ का कारण संसारभर ८० हजारदेखि करिब १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ। बिहीबार एक तथ्यांक सार्वजनिक गर्दै डब्ल्युएचओले उक्त अनुमान गरेको हो। 

डब्ल्युएचओले बिहीबार सन् २०२० जनवरीदेखि २०२१ मे महिनासम्मको एक तथ्यांक सार्वजनिक गरेको थियो। उक्त तथ्यांकको आधारमा कोभिड १९ को समयमा फ्रन्टलाइनमा खटिएका कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान डब्ल्युएचओले गरेको हो। 

frontline

कोभिडका कारण मृत्युदरसँगै स्वास्थ्यकर्मीमा अन्य समस्या निम्त्याउने चेतावनीसमेत डब्ल्युएचओले दिएको छ। ‘संसारको महामारीसँग लडेका स्वास्थ्यकर्मीको मृत्यु एक दुखद घटना हो’ डब्ल्युएचओले भनेको छ, ‘महामारीले मृत्युसँगै स्वास्थ्यकर्मीमा डिप्रेसन, तनाव आदिजस्ता मानसिक समस्या निम्त्याउने खतरा पनि छ।’

अधिकांश मुलुकहरुले आफ्नो खोप कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरुलाई मुख्य प्राथमिकतामा राखेको। तर असमान वितरणले संसारभर प्रत्येक पाँचमध्ये दुईजना स्वास्थ्यकर्मीले मात्र पूर्ण खोप लगाएको समेत डब्ल्युएचओले जनाएको छ।

सन् २०२१ सेप्टेम्बरसम्म विभिन्न ११९ मुलुकबाट उपलब्ध तथ्यांकअनुसार हरेक १० स्वास्थ्यकर्मीमध्ये १ जनाले मात्र पूर्ण खोप लगाएको डब्ल्युएचओले जनाएको छ। विकसित मुलुकहरुमा भने करिब ८० प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मीहरुले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन्

 -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here