कोभिडजन्य फोहोरले मानव स्वास्थ्य र वातावरण झनै जोखिममा : डब्ल्युएचओको चेतावनी

१९ माघ, जेनेभा ।  हजारौं टन कोभिडजन्य फोहोरले मानव स्वास्थ्य र वातावरण झनै जोखिममा रहेको चेतावनी विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले दिएको छ।

डब्ल्युएचओको नयाँ रिपोर्टले कोभिड १९ महामारीका कारण थुप्रिएको फोहोरले मानव स्वास्थ्य र वातावरण झनै जोखिममा रहेको चेतावनी दिएको हो।  

frontline

कोभिड १९ को उपचारमा प्रयोग भएका सिरिन्ज, खोपका सिसी, पिपिई, टेस्ट किट र मास्क आदिबाट थुप्रिएको फोहोरले जोखिम झनै थपेको डब्ल्युएचओको नयाँ रिपोर्टले देखाएको छ।

कोभिड १९ को उपचारमा प्रयोग भएका सिरिन्ज, सुई, बोतल, पिपिई आदि जलाएर तथा डिस्पोजल गरेर नष्ट पारिए पनि त्यसबाट संक्रमण बढ्न सक्ने जोखिम कायमै रहेको डब्ल्युएचओले जनाएको छ। 

कोभिड १९ को समयमा प्रयोग भएका विभिन्न सामग्रीबाट संसारभर करिब ८० लाख टन प्लाष्टिकजन्य फोहोर निस्किएको केही समयअघि सार्वजनिक एक अध्ययनले देखाएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here