कोभिडका कारण हङकङको स्वास्थ्य सेवा अस्तव्यस्त

५ फागुन, काठमाडौं । कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ ।

frontline

१० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् ।

हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् ।

बुधबार मात्र ४ हजार २८५ नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा कोभिडका कारण एक तीन वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ ।

विज्ञहरुले हङकङमा दैनिक संक्रमितको संख्या २८ हजारसम्म पुग्ने सावधानी दर्शाएका छन् ।

एउटा दुर्लभ हस्तक्षेपमा चिनियाँ राष्ट्रपति सी जिनपिङले संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूणर् उपाय चाल्न हङकङका स्थानीय नेतालाई अनुरोध गरेका छन् ।

जिनपिङको टिप्पणी चीनको विशेष प्रशासनिक क्षेत्रमा कठोर नियन्त्रणको संकेत गरेको छ । सामूहिक परीक्षण र लकडाउन बिना नै हङकङ सरकारले चीनमा जस्तै शून्य कोभिड नीति लगाउने तयारी गरेको छ ।

महामारी शुरु भएपछि अहिलेसम्म २६ हजार संक्रमित भएका छन् भने २०० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here