कोपवामा खेलकुद सामग्री हस्तान्तरण, युवामा नयाँ उत्साहको शुरुवात

रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५ कोपवा निवासी, जनता समाजवादी पार्टी नेपालका युवा विद्यार्थी तथा खेलकुद विभागका सदस्य विवेक कुमार यादवले कोपवाका युवाहरुलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ।




उहाँको योगदानले कोपवाका युवाहरुमा खुशीको माहोल सिर्जना भएको छ र खेलकुदका क्षेत्रमा नयाँ जोश र उत्साहको संचार भएको छ। उक्त सामग्री हस्तान्तरण कार्यक्रममा युवाहरुले युवा नेता विवेक कुमार यादव प्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।
यस पहलले युवाहरुको खेलकुदमा रुचि र सहभागिता बढाउने अपेक्षा गरिएको छ। साथै, यो सहयोगले कोपवाका युवाहरुको लागि नयाँ अवसरको ढोका खोल्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्