कोटेश्वरबाट करिब २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ

काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले नगद र सुन चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुन गाल्ने कारखानामा छापा मारेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । 

494357020_1452059332442200_977151170039890834_n

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका २७ वर्षीय योगेश श्रीमन्त मगर छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले कारखानाबाट स्रोत नखुलेको २८ लाख ९३ हजार नगद बरामद गरेको छ । ९ केजी ५ सय ग्राम चाँदी र अवैध तरिकाले संकलन गरिएको ७ सय ३४ ग्राम सुन पनि प्रहरीले बरामद गरेको छ । 

frontline

आरोपीमाथि अनुसन्धान भइरहेको एसएसपी अधिकारीले बताए ।

#अपराध

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here