कैलाली कांग्रेस सभापतिमा गाउँपालिकाका अध्यक्ष चौधरी पराजित

५ मंसिर, धनगढी । कैलालीमा नेपाली कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको सभापतिमा गाउँपालिकाका अध्यक्ष पराजित भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी सभापतिमा पराजित भएका हुन् । जोशीलाई परशुुराम महतो कठरीयाले ५९ मतले पराजित गरेका हुन् ।

frontline

कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारका अनुसार गाउँपालिकाका अध्यक्ष चौधरीले ८८ मत प्राप्त गर्दा कठरीया १४७ मत ल्याएर विजयी भएका हुन् ।

सभापतिमा पराजित भएका अध्यक्ष चौधरी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् भने कठरीया सभापति देउवा निकट हुन् ।

यस्तै कांग्रेसले कैलालीका प्रदेश सभाका १० वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको छ ।

संयोजक सुनारका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा परशुराम महतो कठरीया, प्रदेश सभा (२) मा बलीराम चौधरी, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (१) को सभापतिमा भीम जैसी, प्रदेश सभा (२) मा तेजप्रकाश मल्ल, निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा(१) मा रामप्रसाद चौधरी र प्रदेश सभा(२) मा कमलराज चौधरी सभापतिमा चयन भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (१) को सभापतिमा काशिराम शर्मा, प्रदेश सभा (२) मा गोपालदत्त भट्ट र निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा (१) को सभापतिमा सिताराम राना र प्रदेश सभा (२) को सभापतिमा केशव जोशी चयन भएको प्रचारप्रसार समितिका संयोजक सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here