कैलाली, कञ्चनपुर, डोटी र आसपासका धेरै स्थानमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
३ साउन, काठमाडौं । कैलाली, कञ्चनपुर, डोटी र आसपासका धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ ।
आज बिहान उक्त क्षेत्रमा भारी वर्षा मापन गरिएको र थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ती जिल्ला भई बहने साना नदीहरूमा बहाव बढ्दो क्रममा छ । केहीमा आकस्मिक बहाव समेत हुन सक्नेछ ।
साना नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्