कैलालीमा हावाहुरीले केरा खेतीमा लाखौंको क्षति

फाइल तस्बिर

२९ जेठ, टीकापुर । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले केरा खेतीमा ठूलो क्षति पुर्‍याएको छ ।

हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको केरा कृषकले बताएका छन् । 

frontline

टीकापुरका केरा किसान टेकेन्द्र धामीको झण्डै दश बिघामा लगाएको केरा हावाहुरीले ढालेको बताए ।

‘केरा बजार पठाउने तयारी भइरहेका बेला हावाहुरीले बोट ढालिदिएको छ,’ धामीले भने, ‘यस वर्ष समेत हामीलाई लाखौंको नोक्सानी भएको छ ।’   केरा व्यवसायी अनिलजंग कुँवरले समेत हावाहुरीले पसाएको केराबारीमा ठूलो नोक्सानी पुगेको बताए ।

‘गत वर्ष समेत हावाहुरीले नोक्सान पुर्याएको थियो, यस वर्ष पनि नोक्सानी भएको छ, कति घाटा भो, अहिले नै एकिन भन्न सकिन्न तर लाखौं रुपैयाँ घाटा भएको छ ।’

केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन् । टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ ।

टीकापुर क्षेत्रमा मात्रै झण्डै ८ शय विघा केराखेती हुँदै आएको छ ।   हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ ।

लहरे तरकारी बालीमा हावाहुरीले क्षति पुर्याएको कृषक विकास चौधरीले बताए । 

यस्तै हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. १ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।

त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । 

हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र  ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here