कैलालीमा मोटरसाइकलबाट खसेर युवकको मृत्यु

११ मंसिर, धनगढी । कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-१ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो । 

प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

frontline

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here