कैलालीमा बृद्धभत्ता बुझ्न पुगेका एकको मृत्यु

आईतबार, कैलाली । कैलालीमा बृद्धभत्ता बुझ्न पुगेका एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका-८ का ७६ वर्षीय नरबहादुर साउदको भत्ता बुझ्न वडा कार्यालय आएका बेला मृत्यु भएको हो।

frontline

वडा नम्बर ८ का अध्यक्ष दीर्घ ठकुल्लाका अनुसार ती बृद्ध अस्वस्थ भएपछि केहीबेर चौतारामा आराम गरिरहेका थिए।

उनलाई उपचारका क्रममा स्वास्थ्य चौकी लैजाने तयारी गरिरहेका बेला उनको मृत्यु भएको ठकुल्लाले बताए।

बैंकमा लाइन लाग्नुपर्ने भएपछि सहजताका लागि वडा कार्यलयबाटै भत्ता दिने गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here