कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

४ पुस, काठमाडौं । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

सोमबार बिहान धनगढी उपमहानगरपालिका-३ स्थित लालीगुराँस होटलमा काम गर्ने २२ वर्षीय महेश भारतीको मृत्यु भएको हो। 

frontline

विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो ।  उपचारको क्रममा मृत्यु भएको हो।  प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here