कैलालीका निमित्त वन निर्देशक विष्टविरुद्ध विशेष अदालतमा मुद्दा

२१ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध  ६ करोड ८७ लाख  अकुत सम्पत्ति आर्जनमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनीरुपमा आर्जन गरेकोमा श्रीमती रुबी जिसीलाई प्रतिवादी बनाएको छ।

frontline

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति असुल उपररजफत गरी पाउन मागदाबीसहित  विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here