केपी ओली मधेस र राष्ट्रकोविरोधी :’प्रचण्ड’

२ मंसिर, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको समस्या समाधानको निम्ति आफू सकारात्मक रहेको बताएका छन्।

महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजना भएको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसको हकहितमा रही संविधान संशोधनसहितको चौतर्फी मुद्दाको समाधानका निम्ति आफ्नो पार्टी कटिबद्ध रहेको बताए।

frontline

‘मधेसका मसिहा ठान्ने राजेन्द्र महतो र महन्थ ठाकुरजस्ता नेताहरु रंगपोत गरी माओवादीलाई मधेसविरोधी बनाउँदैछ। उनीहरु मधेसी जनताको पहिचान र अधिकारमाथि कुठारघात गर्दै मधेसको समस्या समाधानको निम्ति सिन्कोसमेत भाँच्न सक्दैनन्,’ उनले भने।

उनले मधेसी जनताको पहिचानका लागि आफूहरु लड्दै आएकाले अगामी निर्वाचनमा माओवादी नम्बर एक बन्ने दाबी गरे।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेस र राष्ट्रविरोधी भएको बताए। देशभित्र र बाहिरबाट ठूलो सेटिङ भएको बताउँदै उनले सडक आन्दोलनबाट बादशाह ठानेको ओलीलाई आफूहरू बालकोटसम्म पुर्‍याएर छाडेको बताए।

मधेसको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेसको ‘भिलेन’ भएको तर्क गरे। ओलीले चुरेको दोहन गरी बालुवा निकाल्ने नाममा मधेसलाई मरुभूमि बनाउन खोजेकोमा आफूहरूले चुरे दोहन रोकेको उनको भनाइ थियो।

सात वटा स्वास्थ्य चौकी उद्घाटन

रामगोपालपुर पुगेका प्रचण्ड आजै प्रसिद्ध स्थल सौतनियाँ पोखरीको निरीक्षण गरेका थिए। त्यसपछि उनले प्राथामिक स्वास्थ्य केन्द्र रामगोपालपुरको प्राङ्गणबाट नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७ , ८ र ९ नम्बरमा नवनिर्मित आधारभूत स्वास्थ्य चौकीको उदघाटन गरे।

प्रचण्डलाई भब्य स्वागत

प्रचण्डलाई स्थानीय महिलाहरुले मिथिलाञ्चलका प्रसिद्ध साँस्कृतिक झाँकी प्रर्दशन गरी स्वागत गरेका थिए। उनीहरु अध्यक्ष प्रचण्डालाई स्वागतस्वरुप प्रसिद्ध समाचकेवा, झिझियालगायतका झाँकी प्रर्दशन गरेका थिए। त्यस्तै साधुसन्तहरुको टिमले स्वागत स्वरुप भजन कीर्तन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here