केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेसिरडाँडामा शुक्रबार मध्याह्नदेखि बैठक सुरु भएको हो ।
बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा, पछिल्लो राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा कार्यक्रमबारे छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।
यस्तै माओवादी घटकबिच पार्टी एकता, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी लगायत विषयमा पनि छलफल हुन सक्ने साहले बताए । माओवादीले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्