कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्दै हलेसी तुवाचुङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण सुरु गरेको छ ।

नगरपालिकाका ११ वटा वडाका किसानले उत्पादन गरेका खाद्यवस्तु, तरकारी तथा फलफूल संकलन गर्दै बिक्री गर्ने व्यवस्थाका लागि हलेसी तुवाचुङ नगरपालिका– १० अर्खौलेमा संकलन केन्द्र निर्माण सुरु गरिएको हो ।

frontline

किसानले उत्पादन गरेका तर बजार नपाइरहेका कृषि उपज खरिद गरिदिएर संकलन गर्दै बिक्री गर्नका लागि कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

नगरपालिकाकै ११ वटा वडामा कृषि उपज बिक्री वितरण र विनिमय गर्ने वातावरण बनाइने, त्यस क्रममा वडाबाट बिक्री नभएका थोक वस्तुलाई नगरपालिकाले खरिद गरिदिएर संकलन केन्द्रमा पुर्‍याउने लक्ष्य राखिएको छ । कृषि उपज उत्पादन हुने तर बिक्री नहुने समस्य हल गर्नका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६ र ०७७ को बजेटबाट कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरेको जनाएको छ ।

हालसम्म दुईवटा फलामे ट्रस र जमिनमा ढलान गरिने संकलन केन्द्रको हालसम्म ७५ प्रतिशत काम पूरा भएको नगरप्रमुख राईले बताए । नगरपालिकाका अनुसार कृषि उपज संकलन केन्द्रको घेराबारा हाल्ने र ढलान गर्ने काम बाँकी छ । किसानलाई व्यावसायिक रूपमा कृषि पेसामा प्रोत्साहन गर्नका लागि कृषि उपज संकलन केन्द्रको अवधारणा अघि सारिएको हो ।

कोरोना महामारीका कारण निर्धारित समयमा कृषि उपज संकलन केन्द्र निर्माणको काम पूरा गर्न नसकिएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका धान, मकै, गहुँ, गहत, बदाम, तिल, जुनेलो, सुन्तला, कागती, नासपाती, हरियार सागपातलगायतका खाद्यवस्तु उत्पादनका लागि चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here