कृषिजन्य उत्पादनमा ऋणको सदुपयोग गरौं : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटा न्यूनीकरणका लागि कृषिजन्य उत्पादन बढाउन ऋणको सदुपयोग गर्न आग्रह गरेका छन् ।

उद्योग संगठन मोरङको ४८औं साधारणसभाको उद्घाटनका क्रममा उनले शुक्रबार आलु, प्याजलगायतका कृषिजन्य बस्तु आयात गरेर मात्रै ऋणको उपयोग गर्दा मुलुक झन व्यापार घाटामा जाने धारणा राखे ।

frontline

‘विराटनगरमा ८० प्रतिशत आलु, प्याज र ९८ प्रतिशत जुट बाह्य मुलुकबाट आयात भइरहेको पायौं,’ उनले भने, ‘त्यसैले यो समग्र आयातलाई २० प्रतिशतमा झार्न छलफल गरौं र नीति बनाएर कार्यान्वयन गरौं ।’ कोरोना महामारीले अझै संसारको अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नेपालको अर्थतन्त्र सहज रुपमा उकालो लागेको अधिकारीको भनाइ छ ।

‘चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा बैंकहरुबाट ५ सय ७७ अर्ब ऋण प्रवाह भएको र ४ सय ९९ अर्ब निक्षेप संकलन भएको छ,’ उनले भने, ‘निक्षेप संकलनभन्दा ऋण प्रवाह भएकोबाट आर्थिक गतिविधि बढेकोमा गर्व गर्नुपर्छ ।’ ऋण प्रवाह बढी भएकाले अत्यन्तै अनुशासित भएर अघि बढ्नुपर्ने अधिकारीको भनाइ छ । उद्योग, व्यवसाय क्षेत्रले सधैं गाली गर्ने बैंकिङ क्षेत्रले कोरोना माहामारीबाट मुलुकको अर्थतन्त्र उकास्न ठूलो योगदान पुर्‍याएको उनले बताए ।

बैंकहरुले ब्याजमा दिएको १० प्रतिशत छुट, ब्याजदरमा दिएको २ प्रतिशत छुटले उद्योग व्यवसाय क्षेत्रले १३ अर्ब लाभ प्राप्त गरेको उनको दाबी छ । हालसम्ममा उद्योगी व्यवसायीले १ खर्ब पुनर्कर्जा प्राप्त गरिसकेको र ब्याजमा प्राप्त गरेको ७ प्रतिशत छुटले एक वर्षमा ७ खर्ब लाभ पाउने उनको भनाइ छ ।

मुलुकको समृद्धिकालागि नेपाल उद्योग वाणिज्य महासंघले ल्याउन लागेको भिजन २०३० र नेपाल उद्योग परिसंघले ल्याएको मेक इन नेपाल जस्ता कार्यक्रमले अर्थतन्त्र उकास्न मद्दत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here