कृशला हत्या प्रकरणमा संलग्न दुई आरोपी पक्राउ

मंगलवार, उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका-६ मोहनपुरकी कृशलाका हत्या प्रकरणमा संलग्न रहेका दुई जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ। साउन १३ गते घर नजिकको राजदेवी सामुदायिक वन क्षेत्रको खहरे खोलामा हत्या गरी फालिएको अवश्थामा भेटिएको शवको अनुसन्धानका क्रममा प्रहरीले सुरुङगा नगरपालिका १ का २७ वर्षीय उचितलाल सदा र सोहि ठाउँका २३ वर्षीय बिषे सदालाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

आधुनिक प्रविधिको प्रयोग तथा विभिन्न करिब सयभन्दा बढी मानिसहरुसँगको सोधपुछ तथा अनुसन्धानबाट घटनाका आरोपित उनीहरु रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुवास चन्द्रदेव वोहोराले बताए। घटनामा संलग्न रहेको उचित लाल सदाले कृशलाले आफ्नो घरबार बिगारेको प्रतिसोधमा हत्या गरेको प्रहरीसँग बयानमा बताएका छन्। एसपी बोहोराका अनुसार कृशला र उचित सदाको कान्छि श्रीमती साथी साथी रहेको र कृशलाकैकारण आफ्नो घरबार बिग्रिएको कारण बदला स्वरुप कृशलाको हत्या गर्ने निर्णयमा पुगेको प्रहरीलाई बयान दिएका छन्। 

frontline

पहिलो घरबार बिग्रिएको सदाको दोस्रो श्रीमती कृशलाको साथी रहेको र सो घरबार बिग्रिनुमा कृशलाको हात रहेको आरोपित सदाको दावि रहेको अनुसन्धान अधिकारी डिएसपी बेदप्रसाद गौतमले बताए। साउन १३ गते ३ बजे देखि कृशला सँगै रहेको उनीहरुले सोहि दिन करिब रातको साढे १० बजेतिर हत्या गरी राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा ढुंगाले पुरेको उचित लाल सदाले प्रहरी बयानमा बताएको उनले बताए। 

१३ गतेकै दिन हत्या गरेको र साउन १९ गते मात्र कृशलाको लास सडिएको अवस्थामा फेला पारेपछि प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु गरिएको डिएसपी गौतमले जानकारी दिए। उनका अनुसार बलत्कार र एसिडको बारेमा भने केहि पुष्टि भइ सकेको छैन। प्रहरीले हत्यामा हतियारसमेत प्रयोग नभएको जनाएको छ। 

कृशलाका हत्या गर्दा एकजनाले छातिमा टेकेर घाँटी थिचेको र अर्का एकजनाले हातको मुड्की प्रयोग गरी हत्या गरेको बयान दिएको छ। कृशलाको लास स्थानीयहरुले १९ गते सडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। 
प्रहरीले स्थानीयहरुलाई सोधपुछ गर्दा स्थानीयहरुले पहिचान गर्न नसकेपछि जिल्ला अस्पताल लगेको थियो। पहिचान नै खुल्न नसक्ने गरी फेला परेको शव पोष्टमार्टम गृहमा हेरेपछि देब्रे हातमा लगाएको डिजिटल घडी, घाँटीको मालाको बुटी, खुट्टाको डोरी, चप्पल र कपडाको टुक्राबाट बुवाले साउन २० गते शवको पहिचान गरी सनाखत गरेका थिए। र सोही दिन बुवा प्रेमले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। परिवारले सामुहिक बलात्कार पछि हत्या भएको आशंका गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here