कुश्मा -नीति तथा कार्यक्रम

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले विगत चार वर्षको आर्थिक नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा भएका प्रगतिहरू सार्वजनिक गरेको छ ।

गत आइतबार आयोजित १३ औँ नगर अधिवेशनमा नगरप्रमुख रामचन्द्र जोशीले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्य मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् । नीति कार्यक्रम र त्यस अनुसार पारित भएका बजेटका अपेक्षित लक्ष्य, कार्यान्वयनपछि भएका उपलब्धि, कार्यान्वयनमा थपिएका चुनौतीहरूबीच पनि नगरपालिकाले धेरै उपलब्धिहरू हासिल गरेको उनले बताए ।

frontline

वडा नं. ३, ९, १३ र १४ का वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भइसकेका तथा वडा नं. १ र ८ को निर्माण अन्तिम चरणमा पुगेको छ । वडा नं. २ र ११ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन भएको छ । पाङ र खुर्कोटमा स्वास्थ्य चौकी भवन तथा वडा नं. १२ मा नगर अस्पताल निर्माण कार्य सम्पन्न भएको छ ।

नगर क्षेत्रभित्र ८.९ कि.मि. सडक विस्तार, ८ कि.मि. सडक कालोपत्रे, ५.५ कि.मि. सडक ढलान, १९ कि.मि. सडक ग्राभेल, ९ कि.मि. पक्की नाली, १७ कि.मि. कच्ची नाली, ५ कि.मी. सिँचाई कुलो, ४.५ कि.मि. गोरेटो बाटो र ४ वटा झोलुङ्गे पुल निर्माण गरिएको नगरप्रमुख जोशीले सार्वजनिक गरे ।

बडागाउँमा बहुउद्देश्यीय भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, वडा नं ७, ९ र १३ मा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको, बान्द्रेविडिमा कुश्मा बसपार्क सञ्चालनमा ल्याइएको, स्थानीय तहको आन्तरिक आयका आधारहरू तय गरिएको, हिंसा प्रभावित÷जोखिममा परेका व्यक्तिहरूका लागि संरक्षण, उद्धार, पुनर्मिलन र पुनस्र्थापना तथा सामाजिक पुनःएकिकरणका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालनमा रहेको तथा हालसम्म ७० जना हिंसा प्रभावित व्यक्तिहरूको उद्धार तथा संरक्षण गरी परिवारमा पुनर्मिलन गरिएको छ । कुश्मामा घण्टाघर र गुप्तेश्वर पर्यटन प्रवद्र्धन केन्द्र अन्तर्गत विभिन्न संरचनाहरू निर्माण, एक घर एक धारा खानेपानी कार्यक्रम, निजी आवास पुनर्निर्माण, पुनस्र्थापना, प्रबलीकरण कार्यक्रम अन्तर्गत १ सय २४ वटा घरहरूको पुनर्निर्माण, स्थानीय वन ऐन र नियमावली निर्माण गरी निजी वनको दर्ता, उपयोग, नियमन र निकासी गर्ने कार्य अगाडी बढ्नुलाई पनि उपलब्धि भएको नगरप्रमुख जोशीले बताए ।

महिला सशक्तिकरणका लागि १ सय जनालाई लोक सेवा तयारी कक्षा, ५ सय जना महिलाहरूलाई नेतृत्व तथा क्षमता विकास तालिम, २ सय जना महिलाहरूलाई सीप विकास तालिम दिइएको छ । ६ सय जना विद्यार्थीहरूलाई अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम सञ्चालन, ३ सय ५ जनालाई अपाङ्गता परिचयपत्र वितरण तथा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिएको छ ।

कृषकहरूलाई ४ सयवटा मिनी टिलर वितरण गरिएको, ५ सय २० वटा मौरी गोला तथा ११ सय खाली मौरी घार वितरण गरिएको, १सय ५० रोपनी जग्गामा केरा खेती विस्तार, खाद्यान्न, फलफूल, तरकारी, मसला बाली पकेट क्षेत्र विस्तार, २ सय ५० रोपनी जग्गामा किवी, एभोकाडो, मेकाडेमिया नट, ओखर, कागती, सुन्तला फलफूल बगैँचा विस्तार, १ सय थान हाईटेक प्लास्टिक टनेल वितरण, सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श सेवामा आप्रवासी स्रोत केन्द्रबाट १३ हजार बढी व्यक्तिको पहुँच पुगेको जोशीको भनाइ छ । १ सय २ जना श्रमिक तथा परिवारका सदस्यहरूलाई ३ करोड ६२ लाख आर्थिक सहायता प्राप्तिमा सहजीकरण, ४ सय बढीलाई न्यूनतम रोजगारीमा समावेश गरिएको छ ।

नगरपालिकाको खुद भर्ना दर ९८.५ पुगेको, कक्षा ८ को परीक्षामा ६४ प्रतिशत र एस.इ.इ मा ७५ प्रतिशत विद्यार्थीहरूले ग्रेड प्राप्त गरेको, सबै माध्यमिक विद्यालयहरूमा सूचना प्रविधि ल्याब र विज्ञान प्रयोगशाला बनेका, लगातार ४ वर्ष सम्म जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिका प्रथम बनेको, २ सय बढी विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान, दरबन्दी तथा विद्यालय मिलान, स्थानीय पाठ्यक्रमको निर्माण गरिएको नगरप्रमुख जोशीले उल्लेख गरे ।

१० करोड ४५ लाख रुपैयाँ बेरुजु फछ्र्यौट, २ सय ४१ जना लघु उद्यमी सृजना तथा १ सय ३४ जना लघु उद्यमीको स्तरोन्नति, सहकारी मर्ज, न्यायिक समितिमा आएका ४७ मुद्दाहरूमध्ये २८ वटाको फछ्र्यौट, क्षयरोग मुक्त अभियान र क्षयरोग खोजपड्ताल शिविर, पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रम निरन्तर सञ्चालन, नागरिक आरोग्य केन्द्रको स्थापना, आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य शिक्षा कक्षा सञ्चालन पनि नगरपालिकाका उपलब्धि हुन् ।

यस्तै, पशुपक्षीमा देखिने आकस्मिक रोग तथा महामारी नियन्त्रण गर्न निःशुल्क औषधी वितरण, कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन, दुहुनो पशुमा अनुदान कार्यक्रम सञ्चालन, सामुदायिक कुकुर बन्ध्याकरण तथा निःशुल्क रेबिज विरुद्धको खोप, खानी तथा खनिज क्षेत्रको संरक्षण, सरकारी तथा सार्वजनिक जग्गाहरूको पहिचान सहित अतिक्रमण नियन्त्रण, अनधिकृत प्रयोगमा रोक, २ सय ४० लाभग्राही पहिचान गरी भूमि समस्या समाधान समितिसँगको सहकार्यमा जग्गाधनी प्रमाण पुर्जा प्राप्तिका लागि विभिन्न चरणमा जारी काम तथा कुश्मा नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेकोलाई पनि उपलब्धिका रूपमा राखिएको छ ।

नेपालको संविधानले आत्मसाथ गरेको संघीय शासन प्रणाली सुदृढ गर्दै नगरवासीको आशा विश्वास र आकंक्षालाई व्यवहारमा रूपान्तरण गर्न शासन, विकास र सेवा प्रवाहमा गुणात्मक सुधार गर्ने सामूहिक प्रतिरद्दताका साथ आफूहरू लागिरहेको नगरप्रमुख जोशीले बताए ।

लोकतन्त्रको आधारभूत मूल्य मान्यताको सम्मान, मानव अधिकारको संरक्षण, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नका लागि कुश्मा नगरपालिकाको ‘समृद्ध सुन्दर कुश्मा नगर’ को दीर्घकालीन सोच पूरा गर्नेतर्फ प्रतिबद्ध रहेको उनको भनाइ छ ।

‘सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा आम जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न नगरपालिका स्पष्ट कार्य योजनासहित अघि बढेको छ । जनताको सार्वभौम अधिकारलाई मध्यनजर गर्दै चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न स्थानीय सरकारको हैसियतले विभिन्न संरचनागत, नीतिगत, कानुनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन हुँदै आइरहेको छ’, उनले भने, ‘निरन्तरता दिनुपर्ने कार्यक्रमहरूमा निरन्तरता दिइएको छ । विषयगत समितिहरूको भूमिकालाई थप प्रभावकारी र सक्रिय हुने संस्थागत पद्धतिको विकास गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here