कुमारी र एनसीसी बैंकको मर्जर प्रक्रिया पूरा, एकीकृत कारोबार सुरु

१७ पुष, काठमाडौं ।  कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु भएको छ ।

दुई बैंकबीच १ बराबर १ अनुपातमा सेयर संरचना कायम भई एकीकृत कारोबार सुरु भएको हो । कुमारी बैंक लिमिटेडको नामबाट बैंक सञ्चालनमा आएको छ । 

frontline

काठमाडौंमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा तथा साविकको एनसीसी बैंक अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले संयूक्त रुपमा एकीकृत कारोबारको सुभारम्भ गरे ।

यस मर्जर पश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रूपैयाँ पुगेको छ । त्यस्तै कुल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।

अब कुमारी बैंकले ४१५ वटा स्थानहरूबाट आफ्ना बैंकिङ सुविधाहरू प्रदान गर्ने भएको छ । जसमा कुल शाखा कार्यालय ३०६ वटा, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित बैंकिङ इकाई ६२ वटा रहनेछ । एटीएम संख्या ३४५ रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here