कुनै पनि खतरनाक उल्कापिण्डलाई पृथ्वीसँग ठोक्किनबाट रोक्ने नासाको प्रविधि

८ मंसिर, काठमाडौं । नासाका वैज्ञानिकले अन्तरिक्ष यानमार्फत् एउटा यस्तो प्रविधि परीक्षण गर्दैछन् जसले भविष्यमा कुनै पनि खतरनाक उल्कापिण्डलाई पृथ्वीसँग ठोक्किनबाट रोक्न सक्छ ।

नासाको उक्त मिशनको नाम ‘डार्ट मिशन’ राखिएको छ र यसैको आधारमा पृथ्वीतर्फ आउने आकाशीय चट्टानलाई निष्क्रिय गर्ने भन्दै लामो समयदेखि चलिरहेको कार्यको मूल्याङ्कन गरिनेछ ।

frontline

नासाको अन्तरिक्ष यान डिमोर्फोस नामक एक आकाशीय पिण्डसँग ठोक्किने छ । यस क्रममा वैज्ञानिकले डिमोर्फोसको गति र मार्गलाई के-कति बदल्न सकिन्छ भनेर हेर्नेछन् । केही सय मिटर ठूलो ब्रम्हाण्डीय अवशेष पृथ्वीमा ठोक्कियो भने पनि निकै ठूलो क्षति हुन्छ । यही भएर पनि नासाको प्रयोग महत्वपूर्ण मानिएको छ ।

यदि डिमोर्फोस जत्रो उल्कापिण्ड पृथ्वीमा ठोक्कियो भने कैयौं परमाणु बम बराबरको असर उत्पन्न हुन्छ । यसबाट लाखौं मानिसको ज्यान जान सक्छ । ३ सय मिटर भन्दा बढी चौडाई भएको उल्कापिण्ड ठोक्कियो भने एउटा महाद्धपी नै ध्वस्त हुन सक्छ । र १ हजार किलोमिटर चौडाईको उल्कापिण्डले सारा पृथ्वीलाई खतरामा पार्न सक्छ ।

तर डिमोर्फोसबाट पृथ्वीलाई हाल कुनै खतरा छैन । यसमार्फत् भविष्यमा पृथ्वीतर्फ आउन सक्ने खतनराक उल्काको सामना कसरी गर्ने र रोक्ने भनेर परीक्षण मात्रै गर्न खोजिएको हो ।

‘डार्ट केबल डिमोर्फोस कक्षमा हुँदा यसलाई कसरी परिवर्तन गर्ने भन्ने परीक्षण मात्रै हो’, नासाको ग्रह रक्षा समन्वय कार्यालयकी केली फास्टले भनिन्, ‘र वास्तवमा भविष्यमा हामीतर्फ आउने उल्का पिण्डलाई रोक्नका लागि यति काम भने गर्न पर्ने हुन्छ ।’

बुधबार फाल्कन-९ रकेटमार्फत् डार्ट अन्तरिक्ष यानलाई क्यालिफोर्नियास्थित भन्डेनबर्ग स्पेश फोस बेसबाट अन्तरिक्षमा पठाइने बीबीसी हिन्दीले जनाएको छ ।

उल्कापिण्ड भनेको सौर्यमण्डलमा बाँकी रहेको चट्टान हो र यसबाट पृथ्वीलाई प्राय: खतरा हुँदैन । तर कहिलेकाहीँ यस्तो चट्टानले सूर्यको परिक्रमा गर्ने क्रममा पृथ्वीतर्फ आएर ठोक्किने संभावना हुन्छ ।

कसरी परीक्षण हुन्छ ?

करीब ३२ करोड अमेरिकी डलरको डार्ट मिशनले हाल एकअर्कालाई परिक्रमा गरिरहेका २ उल्कापिण्डलाई निशाना बनाउने छ । यसमध्येको ठूलो उल्कापिण्ड डिडिमोसको चौडाई ७८० मिटर र अर्को डिमोर्फोसको चौडाई १६० मिटर छ ।

प्रक्षेपण भएलगत्तै डार्टले २०२२ सम्म अन्तरिक्षमा हिडिरहने र ६७ लाख माइल पर पुगेर आफ्नो लक्ष्यलाई निशाना बनाउने छ । प्रतिघण्टा लगभग १५ हजार माइलको गतिमा डिमोर्फोससँग ठोक्किने छ ।

फलस्वरुप, डिमोर्फोसको दिशा केही मिलिमिटरले परिवर्तन हुनेछ र कक्ष बदलिने छ । यो परिवर्तन निकै सानो हो तर कुनै पनि उल्कापिण्डलाई पृथ्वीमा ठोक्किनबाट रोक्नका लागि यति काम भने गर्न सकिन्छ । तर सजिलो भने छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here