कुटपिटमा संलग्न तीन विद्यार्थी आरआर क्याम्पसबाट निष्कासित

१८ पुस, काठमाडौं । काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले कुटपिटको घटनामा संलग्न भएको भन्दै तीन जना विद्यार्थीलाई निष्कासित गरेको छ।

आरआर क्याम्पसले सोमबार विज्ञप्ति जारी गर्दै कृष्ण गिरी, सवीन सिटौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासित गरिएको जनाएको छ।

frontline

क्याम्पस परिसरमा हिंसात्मक गतिविधि गरी क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्‍याएको हुँदा उनीहरुलाई निष्कासित गरिएको क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

साथै उनीहरुसहित घटनामा संलग्न भएकाहरुलाई कारबाही गर्न क्याम्पस प्रमुख ज्ञवालीले प्रहरीसँग माग गरेका छन्। यही पुस १३ गते आरआर क्याम्पसमा झडप हुँदा तीन जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here