कुटपिटबाट घाईते भएका सुरेश सदाको समयमा उपचार नपाउँदा मृत्यू
सिराहा नगरपालिका २० सिकाज्योति मलिया टोलका ३५ वर्षीय सुरेशकुमार सदालाई कुटपिट गरी मारेको घटना सार्वजनिक भएको छ । फागुन ९ गते राति ८ बजेतीर आफ्ना साथी श्रवण पासवानसँग काम गरि फर्किदै गरेको अवस्थामा सिकाज्योति पासबान टोलमा पछाडिबाट दुई जनाले सुरेशलाई समातेर मरनासन कुटपिट गरेका थिए । कुटपिट गर्ने सुनिल पासबान र राजेश दास भएको प्रत्यक्षदर्शी श्रवण पासबानले बताए । श्रवणले भने ‘ज्यान जोगाउन गाउँले गुहारे तर सबै मुकदर्शक बने ।’ ‘जसोतसो मैले आफ्नो ज्यान जोगाए ।’ तर, दुई जानाको कुटपिटले सुरेश त्यही बेहोस भए ।’ ‘उनीहरुले तैपनि कुटपिट गरिरहे ।’
कुटपिटबाट गम्भिर घाईते भएका सुरेशलाई उनका बुवा श्रीनारायण र आमा देवकुमारी सदाले काँधमा बोकेर घर ल्याएका थिए । चरम गरिबीका कारण उपचार गराउन असक्षम बाबु आमाले घाईते छोरालाई घरमै राखे । उपचारको लागि अस्पताल लग्न नसकेको स्थानीयले बताए ।
भोली पल्ट गाउँमा होहल्ला भएपछि स्थानीयको सहयोगमा उपचारको लागि फागुन १० गते करिब ६ बजे टेम्पोमा प्रादेशिक अस्पताल सिराहा पुराइयो । अचेत अबस्थामा रहेका सुरेशको उपचार सिरनहामा सम्भव नभएपछि रेफर भइ बिराटनगर बिराट नर्सिङ होम लगिएको थियो । विराटनगरमा उनको उपचारको क्रममा मृत्यू भएको हो । मृतक सदाका श्रीमती बिभा देबी सदा नागरिकताको कामले माइती गएकी थिइन । छोरा करिब ३ वर्षीय रजत सदा र कान्छो डेढ बर्र्षीय रंजित सदा छन । यता, आरोपित सुनिल पासमान र राजेश दासमाथी कर्तब्य ज्यान मुद्दा चलाएको छ । जसमा सुनिल पासबानलाई प्रहरीले पक्राउ गरिएको छ भने राजेश दास फरार छन । घटना भएकै समयमा उपचार भएको भए सुरेशको मृत्यू हुने थिएनन सिरहाका स्वास्थ्यकर्मीको दावी छ ।
प्रतिक्रिया दिनुहोस्