कीर्तिपुर र चन्द्रागिरि नगरपालिका जोड्ने पुल उद्घाटन

श्रोत : ईन्टरनेट

काठमाडौं, । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को  (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका छन ।

२०७६ पुस १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्गले शिलान्यास गरेको सो पुलको श्रेष्ठले रिबन काटी उद्घाटन गरेका हुन्।

frontline

 पुल उद्घाटन पश्चात आयोजित कार्यक्रममा बोल्दै  मन्त्री श्रेष्ठले आफू भुमिगतकालमा पार्टीको काममा खट्दा काठमाडौंको दक्षिण–पश्चिम इलाका जोड्ने प्रमुख पुलको रुपमा सो  दीखु तां (पुल)को  प्रयोग हुने गरेको बताएका थिए ।

जननेता मदन भण्डारीलाई थानकोटबाट कीर्तिपुरको कार्यक्रममा भाग लिन ल्याउँदा सोहि  पुलमा बसेर काठमाडौंको उत्तरी भागमा अवस्थित रमणीय बल्खु खोलाको अवलोकन गरेको र भावी योजनाहरू बनाएको स्मरण गरेका थिए ।

पुल शिलान्यास लगत्तै कोभिडको महामारी फैलिएकोले केही ढिला भए पनि निर्धारित समयमै सम्पन्न भएकोले निर्माणको जिम्मालिएको वाइवा र लामा कन्ष्ट्रक्सनलाई धन्यवाद् दिँदै मन्त्री श्रेष्ठले कन्स्ट्रक्सनले पुल मात्र बनाउने जिम्मा लिएको र पुलको अघि र पछिको बाटो अझै फिनिसिङ हुन बाँकी रहेकोले पुनः त्यस बाटोको लागि नेपाल सरकारले बजेट राखिदिएको बताए।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री श्रेष्ठले नेपाल सरकारको पहिलो प्राथमिकता नै जनताको स्वास्थ्य र जनताको जीवन भएको उल्लेख गर्दै (शुक्रबार) बिहान चीनबाट ८ लाख भ्याक्सिन नेपाल आएको र एक हप्तापछि १२ लाख फेरि अर्को हप्तामा १२ लाख गरी यसै महिनामा ४० लाख भ्याक्सिन आउने त्यसैगरी अमेरिकाको जोनसन एड जोनसन भ्याक्सिन यही २८ गते १५ लाख डोज आउने  बताए।प्रत्येक नेपालीले खोप लाउन पाउने भएकोले खोप केन्द्रमा भिडभाड गर्नु नपर्ने मन्त्री श्रेष्ठको भनाइ रहेको थियो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले यस दीखु तां (पुल) ऐतिहासिक र भावनासँग जोडिएको उल्लेख गर्दै कीर्तिपुर र तिनथानाको ऐतिहासिक सम्बन्ध रहेकोमा पुल बिग्रेको कारण भावनाहरू पनि टाढिरहेको बताए।

कीर्तिपुरको विकासका लागि सडक विभागले पनि महत्वपूर्ण सहयोग गरिरहेको उल्लेख गर्दै नगर प्रमुख महर्जनले नेपाल सरकारको रातो कितावमा नभए तापनि कीर्तिपुरको विभिन्न सडकहरू बनाउनको लागि सहयोग गरिरहेकोले सडक विभागलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा नगर उप प्रमुख सरस्वती खड्का लगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here