कीर्तिपुरमा बन्द कोठाभित्र भेटियो महिलाको शव, छोरा पक्राउ

७ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-४ राराहिलमा एक महिलाको शव भेटिएको छ। ढोकाको बाहिरबाट ताल्चा लगाएको कोठाभित्र महिलाको शव भेटिएको हो। 

मृत महिला भोजपुर घर भएकी मीना कार्की रहेको प्रहरीले जनाएको छ। राराहिलमा फ्ल्याट भाडामा लिएर कार्की छोरासँगै बस्दै आएकी थिइन्। विगत तीन दिनदेखि कोठा पनि बन्द हुनु र दुर्गन्ध फैलन थालेपछि घरेबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ताला फोडेर हेर्दा कार्की मृत फेला परेकी थिइन्। 

frontline

शव गन्हाउन थालेकोले कार्कीको मृत्यु ३/४ दिन पहिल्यै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ताल्चा लगाएको कोठाभित्र शव भेटिएपछि प्रहरीले उक्त घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा कार्कीका ३० वर्षीय छोरा सूर्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक रेन्टुरेन्टबाट पक्राउ गरिएको प्रहरी स्रोतले  जानकारी दियो। 

सूर्य मृत कार्कीका एकमात्रै छोरा हुन्। सरकारी सेवामा रहेर अवकाश भएका मीनाका श्रीमान भने यसअघि नै बितिसकेका छन्। 

पक्राउ परेका सूर्यले भने प्रहरीसँगको बयानमा आफ्ना लागि स्लिपङ ट्याप्लेट औषधि किनेर ल्याएको र उक्त औषधि आमाले झुक्किएर खाँदा मृत्यु भएको बताएका छन्। आमाको मृत्यु भएपछि सहन नसकेर ढोकामा ताल्चा लगाएर हिँडेको उनको भनाइ छ। मीना भने सुगर र प्रेसरको औषधि खाँदै आएकी थिइन्।

उक्त घटनाबारे कसैलाई पनि जानकारी नदिनु, ढोकामा ताल्चा लगाएर हिँड्ने, विवाह गएर गएकी दिदीले समेत फोन गरेर आमासँग कुरा गर्न खोज्दा आमा सुतिराख्नु भएको छ भनेर ढाँट्ने गरेका सूर्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जानकारी दियो। सूर्य पेशाले इन्जिनियर रहेका प्रहरीले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here