कीर्तिपुरका उम्मेदवारले पाए चुनाव चिन्ह, स्वतन्त्रका राजमानलाई केटा र केटी

 निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाका उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जना उम्मेदवार बनेका छन् । स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले केटा र केटी, रामकृष्ण महर्जन जेब्रा, मिम महर्जनले क्यामेरा, प्रेमबहादुर महर्जनले व्याडमिन्टन कर्क, नवरथ कुमार बानियाँले इस्टकोट चुनाव चिन्ह पाएका छन् ।

frontline

स्वतन्त्र उम्मेदवारी दिएका थप उम्मेदवारमा नरेश श्रेष्ठले पानीको बोतल, नरेश राज पाण्डेले आँप, धर्मरत्न मानन्धरले क्याल्कुलेटर, दिनेशकुमार अधिकारीले कैंची, कवि कुमार महर्जनले बाकस र आनन्द महर्जनले मुढा चुनाव चिन्ह पाएका छन् ।

दलगत उम्मेदवार बनेका ९ जनाले पार्टीकै चुनाव चिन्ह पाएका छन् । कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई समर्थन गर्नेगरी पार्टी निर्णय भएपनि उक्त दलका उम्मेदवार कायम छन् ।

कीर्तिपुर लगायत देशभरका रिक्त ४४ स्थानीय तहमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here