किसानलाई वितरण गर्न तयारी अवस्थामा राखिएको गहुँको बिउ लुटियो

श्रोत : ईन्टरनेट

७ पौष, सिरहा । सिरहाको औरही गाउँपालिका स्थित किसानलाई वितरण गर्न तयारी अवस्थामा राखिएको गहुँको बिउ लुटिएको छ।

स्थानीय युवाहरुको समुहको उस्काहटले स्थानीयले लुटपाट गरेका हुन्। प्रहरी भने मुकदर्शक बनेको थियो। 

frontline

गाउँपालिकाले किसानका लागि ६५० बोरा बिउ खरिद गरेको थियो। सोमबार ४० किलोको दरले ३२५ बोरा वितरण गरिएएको थियो।

बाँकी रहेका ३२५ बोरा बिउ वडा ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो।

मंगलबार ११ बजेबाट वडा नम्बर ३ का किसानलाई वितरण गरिने गाउँपालिकाले जनाएको थियो।

नेपाल प्रहरी त्यही पुगेका थिए। तर, बिउ वितरण हुन नपाउँदै लुटपाट मचिएको थियो।

स्थानीय उच्छृंखल युवाहरुको उस्काहटमा किसानका लागि राखिएको गहुँको बिउ लुटिएको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिए।

उनका अनुसार गहुँ बिउसँगै स्थास्थ्य केन्द्रमा राखिएको मास्क, अक्सिजन रेगुलेटर, अक्सीमिटरलगायत स्वास्थ्य उपकरण पनि लुटिएको छ।

गाउँपालिका कार्यालयमा तोडफोड भएको उनले सुनाए। 

गाउँपालिकाले किसानलाई ५ कठ्ठा खेतको लागि निःशुल्क गहुँको बिउ वितरण गर्न बजेट विनियोजन गरिएको थियो।

पहिलो दिन २० किलोको दरले वितरण गरिएको अध्यक्ष यादवले सुनाए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here