किशोराबस्थामा हुने परिवर्तन
बिश्व स्वास्थ्य संगठन (WHO) को अनुसार दशदेखि उन्नाइस वर्षसम्मका केटा केटीहरूलाई किशोरावस्था भनिन्छ। यो अबस्था बाल्यअबस्था र बयस्कबिचको अबस्था हो । किशोरावस्था बाल्यकाल र वयस्कता बीचको एक महत्वपूर्ण चरण हो । बिभिन्न मनोवैज्ञानिक र समाज शास्त्रीहरुको सिद्धान्त अनुसार किशोर किशोरीहरुको बिकासको साथै उनीहरुको बिशेषताहरु र प्रकृयाहरू बुझ्न उनीहरूले आफ्नो धारणाहरु ब्यक्त गरेका छन् ।
यो अबस्थामा केटाकेटीहरूको मानसिक र शारीरिक रूपमा तीव्र परिबर्तन आउने हुँदा अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई एकदमै ध्यान दिन आबस्यक छ । केटा र केटीमा आउने परिबर्तनहरू जस्तै केटाहरूमा शारिरीक यौनांगहरू परिबर्तन हुन थाल्छ, स्वरमा परिबर्तन हुने, प्रजनन अंगहरूमा परिबर्तन हुने, बयस्क जस्तो हुने यो बेलामा hyper activity हुन्छ । जे कुरामा पनि रिसाउने, हात खुट्टाहरू बढ्ने हुन्छ । आफ्नो उमेरकोहरूसँग बस्ने साथीहरूलाई आफ्नो बिचारहरु सेयर गर्ने गर्दछन् ।बिभिन्न कुराहरूको जिज्ञासाहरू उत्पन्न हुन्छन्न भने केटीहरू रजस्वला हुन थाल्छन् । प्रजनन अंगहरू पनि परिबर्तन हुन थाल्छ ।
केटीको हिपहरू बढ्ने बिपरित लिंगप्रति आकर्षित हुने, (जलन)हुने hyper activity हुने केटीहरूलाई रजस्वला हुँदा धेरै समस्याहरू हुन्छ, जुन केटामा चाँही हँदैन । रिसाउने एक्लै बस्ने, शारिरीक रूपमा परिबर्तन यस्ता समस्याहरू देखा पर्दछन् । यो उमेर एकदमै चन्चले उमेर हो, नयाँ नयाँ कुराहरू सिक्ने थोरै साथी समुहमा बस्न रुचाउने उमेर हो, त्यसैले केटाकेटीहरूले राम्रो बाताबरण पायो भने राम्रो हुने र नराम्रो बाताबरण पायो भने बिग्रीने सम्भाबना धेरै हुन्छ ।
यो अबस्थामा केटाकेटीहरूको इच्छा अनुसारको बाताबरणको सृजना अभिभावकले गर्नुपर्छ ।नेपालको सन्दर्भमा हेर्ने हो भने अझ किशोरमा भन्दा किशोरीहरुमा बढी समस्या देखिन्छ। किनभने पुरानो परम्परागत धारणाहरू अनुसार किशोरी हरु freedom भएर हिँड्न नपाउने आफुलेमन लागेको लुगाहरू लगाउन नपाउने मनलागेको ठाउँमा एक्लै जान हुन्न भन्ने धारणाहरु अहिलेसम्म पनि धेरै ठाउँहरुमा भेटिन्छ।उनीहरूलाई साथी जस्तै आफुसँगै सहभागी गराउँदा उनीहरूको कुरा सुन्ने गर्नुपर्छ, कुनै पनि समस्याका बिषयमा कुरा गर्दा सामान्य तरिकाले सम्झाउनुपर्छ ।
अभिभाबकले स्वतन्त्रता सँग आत्मनिर्भर बन्न हौसला दिन सके किशोरावस्थामा मानसिक बिकासमा सहज हुने गर्दछ । किशोर किशोरीहरुमा देखिने मानसिक परिवर्तन शारीरिक परिवर्तनहरूलाई अभिभावकहरूले बुझ्न नसक्दा परिवार समाज तथा राष्ट्रमानै धेरै समस्याहरू उत्पन्न हुन्छन् । अझ पनि नेपालमा चेतना मुलक शिक्षाको अभाव देखिन्छ।






प्रतिक्रिया दिनुहोस्