किर्तिपुर नगरपालिकमा एक दिने चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न

नेपाल पर्यटन वोर्ड, किर्तिपुर नगरपालिका र Peace through Sports Commissionको सहकार्यमा मगंलवार किर्तिपर नगरपालिकमा एक दिने चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । Peace through Sports Commission ले विशेषगरी किर्तिपुरको पर्यटन विकाशमा टेवा पुर्याउने हेतुले नेपाल पर्यटन वोर्डको सहयोगमा ‘City on the Hill’ ट्यागलाइन राखि यो कार्यक्रम समापन गरेको छ । उक्त प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जिवन राम श्रेष्ठ रहेका थिए भने सभापतिमा किर्तिपुर महानगरपालिकाका मेयर तथा पिस थ्रु स्पोर्टस कमिशनका अध्यक्ष रमेश महर्जन रहेका थिए । त्यसैगरी किर्तिपुर नगरपालिकाका– उप प्रमुख सरस्वती खड्का, विभिन्न अग्रज कलाकारहरु र प्राज्ञहरुको उपस्थितीले कार्यक्रममा सुनौलो उर्जा थपिएको कार्यक्रम संचालिका तथा कमिशनका सचिव अन्जु भट्टराई बताँउछिन् । मेयर श्रेष्ठले भने यस छोटो प्रदर्शनी मार्फत किर्तिपुरको साँकृतिक, जीवनशैली प्राकृतिक सम्पदालाई कला मार्फत ठूलो जमातमा पस्किने अवसर प्राप्त भएको र साथसाथै यसले किर्तिपुर क्षेत्रलाई पृथक रुपमा अन्य समुदाय समक्ष चिनाउने विश्वास लिएका छन् । उक्त प्रदर्शनीमा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल किर्तिपुर झल्कने विभिन्न ४० वटा चित्रहरु राखिएको थियो । कार्यक्रम किर्तिपुर नगरपालिका वडा न. २ स्थित किर्तिपुरकै सवै भन्दा उचाईमा रहेको काःच्वा (उमामहेश्वर मिन्दर) परिसरमा भएको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here