किरण गजमेर : पुरस्कारबाट हजार आमालाई दिन्छु, बाँकी शरणार्थीका लागि २वटा एम्बुलेन्स सहयोग गर्छु

आइतबार , काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्। 

शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । 

frontline

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्। 

आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमालाई दिन्छु।

अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्छु,’ उनले विजेता भएपछि भने।

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनोफानो भएको हो ।

उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजिन ३ को उपाधि जितेका हुन्। 

हाल अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here