कास्कीमा देउसी-भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने

१५ कात्तिक, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।

प्रशासनले आइतबार सूचना जारी गरी कोभिड-१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी-भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ ।

frontline

यसैगरी देउसी-भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ ।

प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

मठमन्दिर, गुम्बालगायतका धार्मिकस्थलमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठलगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न पनि अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here