कास्कीका रात्रीकालीन व्यवसायहरु शुक्रबारदेखि खुल्ने

फाइल तस्बिर

पोखरा । कोभिड महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका कास्कीका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसायहरु शुक्रबारदेखि खुल्न पाउने भएका छन् ।

निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश जारी गरेको छ ।

frontline

जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बुधबार बसेको बैठकले जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो । पछिल्लो समय जिल्लामा कोभिड संक्रमण र मृत्युदर घट्दो क्रममा रात्रीकालीन व्यवसायसमेत खोल्न दिने जनाएको छ ।

निषेधाज्ञा खुकुलो हुँदासमेत सञ्चालन गर्न रोक लगाइएका होटल तथा रेस्टुरेन्टसमेत राति साढे ११ बजेसम्म खुल्न पाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रशासनले जिल्लाभरका सम्पूर्ण निजी तथा सार्वजनिक शिक्षण संस्थाहरु स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा सञ्चालन गराउन सक्ने जनाएको छ ।

कास्कीमा बैशाख तेस्रो सातादेखि दोस्रो चरणको निषेधाज्ञामा कडाइ गरिएको थियो । प्रशासनले असार ७ गतेदेखि कास्कीमा सार्वजनिक बसमा जोरबिजोर प्रणाली लागू गर्दै निषेधाज्ञा खुकुलो बनाएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म कास्कीमा ५ सय १७ जना कोरोनाका सक्रिय संक्रमित छन् । कोरोनाबाट कास्कीका ५ सय ७३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here