काशीनाथ तिवारीको हत्यारा छिटै जेल जाने- पूर्व डीआईजी खरेल

मेवालाल यादव १४ माघ

नेपाल सुशासन अभियानका संयोजक एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेलले नेपालमा कानून गरीव माथि लागु हुने गरेको बताउनु भएको छ । नेपालमा सुशासन कायम हुनु पर्ने र भ्रस्टाचारको अन्त्य गर्नु पर्ने लक्ष्यका साथ सञ्चालन गरेका नेपाल सुशासन अभियानको शुभारम्भ गर्न रौतहटको मौलापुर नगरपालिका वड़ा नम्बर ९ सोनरनियामा आयोजना गरिएको सभामा सम्वोधन गर्दै खरेलले देशको साशन चलाउने ठाउमा अपराधीहरु पुगेकोले मुलुकमा दण्डहीनता , अनियमितता , अपरÞाध ,भ्रस्टचारको बृद्धि भएको बताए । रौतहटको मौलापुर नगरपालिकाका जनता पीडि़त शोषित भएकोले मौलापुरबाट नै आफ्नो अभियानको शुभारम्भ गरेको घोषणा गर्दै नेपाल आमाको कसम भ्रस्टाचारी , अपराधीहरुलाई जेल पठाएर नै छाड्ने उदघोष गरे । ३ करोड़ जनतालाइ धोखा दिनेहरु राज्य सत्तामा पुगेर निमुख्खा जनता माथि दमन शोषण गर्दै गरेकोले त्यस्ता अत्याचारी ,अन्यायी , कुशाशकलाइ देशबाट समाप्त पर्ने संकल्प लिएर अघि बढेको बताउँदै सुशासनको लागि सहयोग गर्न सवै सित अपील गरे ।

frontline

https://statementandresponse.com/public/user/ishnath

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here