कार्वाहीको मागं गर्दै जनमत पार्टीद्वारा प्रजिअलाई ज्ञापन पत्र

मेवालाल यादव 

frontline

हालै त्रिभुवन विश्वविद्यालय खेल मैदान किर्तिपुरमा सम्मपन्न भएको नेपाल प्रिमियर लिग (NPL) को फाईनल खेल जनकपुर बोल्टले जिते पछि काठमाडौंमा खेल हेरेर फर्किरहेका जनकपुर बोल्टसका समर्थकहरू माथी अपमान जनक शब्द, गालि गलौज तथा कुटपिटको कार्यमाथी जनमत पार्टीको केन्द्रिय सदस्य तथा युवा नेता बिकास कुमार यादवको नेतृत्वमा जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले 

 प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

 खासगरी मधेसी समुदायका दर्शकहरु माथि छालाको रंग भेषभुषा बोलिचालीको आधारमा कथित सुदूरपश्चिम रोयलस समर्थक भनाउने पहाडी समुदायको युवाहरुले मधेशी समुदाय लक्षित गरेर अपमान जनक शब्द, गालि गलौज तथा कुटपिट जस्ता घृणित सम्प्रदायिक विद्वेशपुर्ण कार्यहरु भएको प्रति जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले 

 प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन् ।

 जनमत पार्टीले प्रत्येक वर्ष मंसीर १० गते राष्ट्रव्यापी रूपमा मनाउने गरेको ‘रंगभेदविरूद्धको एकता दिवस’ होस् कि संसद्मा रंगभेदी विभेद गर्ने विरूद्ध कानून ल्याउन दर्ता गरिएको संकल्प प्रस्ताव होस्, जनमत पार्टीले हरेक मोर्चामा यस्ता क्रियाकलापहरु बिरुद्ध संघर्ष गर्दै आएको जनमत पार्टीको केन्द्रिय सदस्य तथा युवा नेता बिकास कुमार यादवले बताए ।

यस्ता रङ्गभेदी र नश्लभेदी क्रियाकलाप गर्ने व्यक्तिहरूको पहिचान गरी छिटोभन्दा छिटो गृह प्रशासनले कानुनी दायरामा ल्याई  काडा भन्दा काडा कारबाहीको माङ्ग गर्दै   जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले  ज्ञापन पत्र मार्फत जोडदार माग गरेका छन ।

 उचित कारवाही भएन भने बाध्यता बस जनमत पार्टीले जस्तो सुकै सङ्घर्ष गर्न  तयार रहेको जनमत पार्टीको केन्द्रिय सदस्य तथा युवा नेता बिकास कुमार यादवले बताएका छन ।सो ज्ञापन पत्र बुझाउने क्रममा रौतहट क्षेत्र -२ ( क ) का बिधायक प्रत्याशी बाबू साहेब , गौर नगरपालिकाको नगर अध्यक्ष प्रमोद जि , अनिता साह लगायत जनमत पार्टीको सयौं कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here