कार्यालयले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलको मात्र परेको दाबी

काठमाडौं । गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मात्र दाबी परेको जनाएको छ ।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएकोबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले एकजनाको मात्र दाबी परेको जानकारी दिनुभयो ।

frontline

शनिबार दिउँसो भने निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गरेको विषय सार्वजनिक भएको थियो ।

गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले दाबी पेश गरेको बताउनुभएको थियो ।

गुरुङले दाबी गरेको खबरपछि विपक्षी गठबन्धनका ३१ सांसद्ले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका थिए ।

उनीहरूले पुनः गुरुङलाई नियुक्त गरिए असंवैधानिक हुने भन्दै कानुनी उपचार खोज्ने चेतानवी दिएका थिए ।

शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले भन्यो, ‘मुख्यमन्त्रीमा पोखरेलको मात्र दाबी थियो’

प्रतिक्रिया दिनुहोस्

poster-here