कार्यालयमा आफ्ना माग लेखिएका पम्प्लेट छातीमा टाँसेर काम गर्दै नासुहरु

२९ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० देखि लागु भएको नयाँ तलवमान सच्याउन र संघीय निजामती सेवा ऐन छिटो जारी गर्न दबाब दिने उद्देश्यले संघर्षरत नायब सुब्बाहरुले आज आफ्ना माग लेखिएका पम्प्लेट छातीमा टाँसेर कार्यालयमा काम गरेका छन् ।

‘माननीय ज्यू ! नायब सुब्बा लगायतका अनंकित कर्मचारीको वृत्ति विकास खोइ ?’, लगायतका नारा लेखिएका पम्प्लेटसहित उनीहरुले काम गरेका हुन् । यो काम उनीहरुले भोलि पनि जारी रहने जनाएका छन् ।

frontline

राजपत्रांकित तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत, बढुवा ३० प्रतिशत, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत अन्तरतह प्रतिस्पर्धा कायम गर्न, तहगत प्रणाली लागू गर्न र योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

सरकारले चालू आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो ।

तर अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर १५ प्रतिशतभन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुको तलब वृद्धिदर कम हुने गरी अर्थ मन्त्रालयले मन्त्रिपरिषदको कार्यालयमा नयाँ प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका थिए ।

हाल उनीहरुको आन्दोलनलाई निजामती सेवामा सक्रिय पाँचवटै ट्रेड युनियनहरुले अपनत्व लिएर दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here