कार्यबाहाक मेयर तारकेश्वर नगर

तारकेश्वर नगरपालीकाको कार्यबाहाक मेयर बलराम सिटौला चयन भएका छन । नगरपालीकाका मेयर रामेश्वर बोहरा, उपाध्यक्ष भवानी डोटेल, प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, नगरकार्यपालीकाका प्रवक्ता तथा वडा अध्यक्ष बिदुर सापकोटा, सुचना अधिकारी होमनाथ न्यौपाने, ३ जना इन्जीनियरहरु र ९ वटा वडाका अध्यक्षहरु अध्यन तथा अबलोकन भ्रमणमा गएका कारण सिटौंलाले कार्यवाहाक मेयरको जिम्मेवारी पाएका हुन ।

अव करिव १० दिन युवा वडा अध्यक्ष सिटौलाले तारकेश्वरका नगरप्रशासन सम्हाल्ने छन ।

frontline

मेयर बोहराले वडा नं ९ का अध्यक्ष बलराम सिटौला लाई का.वा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत लम्सालले नगरपालीकामा आठौं तहका शम्भु प्रसाद पौडेललाई निमित्त प्रशासकिय अधिकृतको जिम्मा दिएर भ्रमणमा निस्किएका हुन ।

स्रोतका अनुसार मेयर सहितको टोलीले स्थानीय निकायको अध्ययन भ्रमणको लागि जान लागेको बताइएको छ । सुर्खेत, कालीकोट, जुम्ला र मुगु हुंदै रारा सम्म पुग्ने कार्यक्रम रहेको बताए । नगरपालीकाले स्थानीय निकायको अध्ययन भ्रमणको लागि उक्त कार्यक्रम राखियको कुरा जानकारीमा आएको छ ।

पछिल्लो समय बागमति प्रदैशकै कान्छा एवं चकलेटी वडा अध्यक्षका रुपमा चर्चा पाएका सिटौलाले वडाको बिकाशलाई तिब्रता दिदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन तारकेश्वर

poster-here