कार्यकर्ता भेला काठमाडौँ क्षेत्र नं.४ – बूढानीलकण्ठ-प्रमुख उद्धव खरेलको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ क्षेत्र नं. ४ स्तरीय अगुवा कार्यकर्ता भेला पुस १६ गते दिनको २ बजे ए वान पार्टी प्यालेस चावहिलमा हुन नेकपा केन्द्रीय सदस्य तथा बूढानीलकण्ठ नगर प्रमुख उद्धव खरेलले कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

नेता खरेलले प्रधानमन्त्री ओलीको निर्णयलाई समर्थन गर्दै पछिल्लो पार्टी गतिविधि र आगामी कार्यदिशाबारे अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न भेला आयोजना गरिएको बताएका छन् ।

frontline

पार्टी विवादपछि आयोजना गरिएको पहिलो काठमाडौँ क्षेत्र नं. ४ स्तरीय पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मन्त्रीहरु कृष्ण गोपाल श्रेष्ठ, टोप बहादुर रायमाझी, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, महानगर प्रमुख विद्या सुन्दर शाक्यले विशेष सम्बोधन गर्ने नगर प्रमुख उद्धव खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here