कारागारमा कैदीहरुबीच भएको झडपमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ५२ घाइते

क्वीटो, १४ असोज (रासस÷सिन्ह्वा) ः इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ ।

बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ । यसअघि २४ जनाको मृत्यु भएको र अरु ४२ जना घाइते भएका बताइएको थियो ।

frontline

मंगलबार भएको सो झडपमा परेर मृत्यु हुनेको संख्या बुधबार ३० पुगेको र घाइतेहरु ५२ जना पुगेको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा परेर उनीहरु मारिएका हुन् ।

उनीहरु आफैँबीच भएको झडपका क्रममा धेरै जना घाइते भएका बताइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार यहाँको समुन्द्री तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच आपसी झगडाका कारण यस्तो झडप हुन पुगेको बताएको छ ।

इक्वेडरका कारागारमा समयसमयमा यस्तो झडप हुने गरेको छ । गएको फेब्रुअरी महिनामा पनि यहाँका तीन कारागारमा झडप भएको थियो र त्यसमा परेर ७९ जनाको ज्यान गएको बताइएको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here