कारमा मृत भेटिएका बालकको ढोका ‘लक’ हुँदा निस्सासिएर मृत्यु !

दाङमा एउटा कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ ।

वैशाख १६ गते हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए

frontline

अनुसन्धानमा संलग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको निष्कर्ष निकालेका हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन शव फेला परेको थियो । वैशाख १६ गते हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार मृत भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।

प्रहरीका एक उच्च अधिकारीले भने, “पार्किङमा रहेको कारको एक ढोका खुला रहेछ । उनीहरु तीनैजना सो ढोकाबाट भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हाम्रो प्रारम्भिक निष्कर्ष छ । घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिँदैन ।”

उनीहरुको गोजीमा ताससमेत फेला परेको छ । उनीहरु पार्किङ गरेर राखेको कारमा तास्न खेल्न पसेको हुन सक्ने प्रहरी आशंका छ । कार पञ्चर भएर त्यही थन्किएको थियो ।

शव भेटिएको घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले गरिरहेको छ । शवलाई पोस्टमार्टमको लागि अस्पताल पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here