कारको ठक्करबाट घाइते पुरुषको मृत्यु

२५ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सडकखण्डमा कारको ठक्करबाट घाइते भएका पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा हेटौंडा-३ निवासी ३८ वर्षीय शम्शेर सिंह नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

frontline

उनका अनुसार वीरगञ्जबाट हेटौंडा हुँदै चितवनतर्फ जाँदै गरेको बा१६च ३८७७ नम्बरको कारले सोमबार साँझ ठक्कर दिँदा नेगी गम्भीर घाइते भएका थिए। 

घाइते नेगीलाई चुरेहिल अस्पतालमा प्राथमिक उपचारपश्चात सोमबार राति ११ बजे चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारको क्रममा आज विहान नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले कार चालक चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ७ बसन्तपुर निवासी ५० वर्षका दुर्गाप्रसाद पौडेललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here