काम परेबाहेक घरबाहिर ननिस्कनू पोखरा महानगर

कोरोना र वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिने अवस्था आएकाले घरमै सुरक्षित बस्न महानगरले आग्रह गरेको हो ।महानगरको स्वास्थ्य महाशाखाले मंगलबार सूचना जारी गरी वायुमण्डल हानिकारक रहेको र त्यसले श्वासप्रश्वासमा समेत समस्या पर्नेतर्फ सचेत गराएको छ । 

आँखा र छाला चिलाउने, आँखा पोल्ने, सास फेर्न गाह्रो हुने समस्या देखिन थालेको छ । पछिल्लो ३ दिनयता पोखराको वायुमण्डल निकै धुम्मिएको छ । यसले गर्दा जहाजसमेत उड्न सकेका छैनन् ।

frontline

मास्क अनिवार्य प्रयोग गर्न, प्रदूषण नहुने साधन चलाउन र डढेलो नलगाउन पनि आग्रह गरेको छ । पछिल्लो समय डढेलो धेरै लागेको छ । केही महिनाअघि मनाङमा ३ महिनासम्म डढेलो लागेको थियो ।

कास्कीको माछापुच्छ्रे बेसक्याम्प क्षेत्रमा पनि उस्तै डढेलो थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका ठाउँ–ठाउँमा आगो लागेको छ । पोखरामा पछिल्ला दिनमा कोरोना संक्रमण पनि निकै बढेको छ ।

लामाचौरस्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसका ७६ विद्यार्थीमा कोरोना देखिएको छ । माछापुच्छ्रे गाउँपालिकामा पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ । कोरोना र वायु प्रदूषणकै कारण सरकारले ४ दिन देशभर शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here