काभ्रे बस दुर्घटनाको कारण : ओरालो सडकमा ‘ब्रेक फेल’

२८ मंसिर, काभ्रे । ओरालो सडकमा ब्रेक नलाग्दा काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धानमा खटिएको प्रहरीले ओरालो सडकमा तीव्र गतिमा गुडिरहेको बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको निष्कर्ष निकालेको हो। मंगलबार काभ्रेको वेथानचोक- ४ मा बस दुर्घटना हुँदा  १८ जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बेथानचोकबाट पनौती फर्कने क्रममा ओरालो पीच सडकमा गाडीको ब्रेकमा समस्या देखिएको बताए। सहचालकलाई उधृत गर्दे प्रहरी प्रमुख जोशीले भने,’ गाडी चालक सन्तोष तिमल्सेनाले ब्रेकले काम नगरेको जानकारी गराएका थिए।’

frontline

उनले सबै  यात्रुलाई सिटमा बस्न आग्रह गर्दे दुर्घटनाबाट बचाउने भनिरहेका थिए । ओरालो सडकमा ब्रेक नलागेपछि चालकले दुर्घटना टार्नको लागि भित्तामा लगेर ठोक्काए थिए ।  भित्ताको ढुंगामा गाडी ठोक्किदा गाडी सडकमै पछारिएको थियो । गाडीले च्यापिदा मृत्यु हुनेको संख्या बढेको एसपी जोशीले जानकारी दिए । 

बेथानचोकमा आफन्तको छोराको वर्तबन्धमा गएका एकै परिवारका ६ जना दुर्घटनामा परेका छन् । तीव्र गतिमा रहेको बसमा ब्रेक फेल हुँदा ठूलो मानवीय क्षति भएको हो।  दुर्घटनाको छानविन गर्ने समिति बनेको र यसको प्रतिवेदन आएपछि थप जानकारी प्राप्त हुने जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here