काभ्रेमा दैनिक कोरोना संक्रमण दर बढ्यो

८ साउन, काठमाडौं । काभ्रेमा दैनिक कोरोना संक्रमण दर बढिरहेको छ ।

आइतबार १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

frontline

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सक्रमित फेला परेका छन् । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा संक्रमण देखिएको छ ।

यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिला सहित २६ मा सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा आठ सक्रमित निको भएको जनाइएको छ ।

पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक सक्रमित आइसोलेशनमा उपचार भइरहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइँले जानकारी गराउनुभयो ।

सेढाइँले नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक संक्रमित रहेका बताउनुभयो ।

हाल जिल्लामा कूल ४२ मा संक्रमण रहेको छ । करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा सक्रमण देखिएको हो । यसमध्ये १९५ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here