काभ्रेमा गोकुल पक्षिय संयोजक छलफलबाट माइन्युट सहित भागे
आज नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र नं २ को निवाचन क्षेत्र समन्वय कमिटीको बैठक उम्मेदार छनौटको लागि बसेको थियो । बैठकमा उम्मेद्वारको रुपमा केन्दिय सदस्य गोकुल बास्कोटा, केन्दिय सदस्य तथा मेयर अशोक ब्याञ्जु, नेता कुमार थापा, भिम न्योपाने, हरिशरण दाहाल, बिमाला शर्मा र रजनि बैदारको नाम सहभागिले प्रस्ताब गरेका थिए । बैठकमा बिधी सम्मत रुपमा उम्मेद्वार छान्न लामो छलफल र रस्साकसी बिच गोकुल बास्कोटाको नाममा सर्ब सम्मती हुन सकेन । सहभागिहरुले जिल्ला कमिटी तथा केन्दिय सर्कुलर बाचन गर्दै उम्मेद्वारी माग गरिएको थियो । एक महिला सहित ३ जनाको नाम सिफारिस गर्न आयोजित बैठकमा कमिटी बाहिरका ब्यक्तिहरुको समेत सहभागिता थियो । हुल हुल्लज समेत भएको बैठकमा सहभागीको आग्रह नमानि, बैठकमा निर्णय नगरी संयोजक माईन्युट लिई बैठक कक्षबाट भागेका छन् !






प्रतिक्रिया दिनुहोस्