काभ्रेको धुलिखेल नपा न्यायीक समितिको लुम्बिनी प्रदेशका जिल्ला र पालिकाकामा चर्चा
लुम्बिनी प्रदेश २ मा धुलिखेल नगरपालिका न्यायिक समितिबाट भएका न्यायिक प्रक्रिया तथा अभिलेखीकरणको कामको चर्चा भएको छ ।
धुलिखेल नगरपालिका न्यायिक समितिबाट भएका न्यायिक प्रक्रिया तथा अभिलेखीकरणको कामको करिब १ महिना अघि सहज परियोजनाका कन्ट्री डिरेक्टरबाट अवलोकन गरेर लुम्बिनी प्रदेशका आठ वटा जिल्लाका २१ वटा पालिकाहरू र २ नं प्रदेशका ८ जिल्लाका १७ वटा पालिकाकामा चर्चा भएका हुन ।
न्यायिक समितिसँग सम्बन्धित रहेर काम गर्दै गरेको सहज परियोजना अन्तर्गतका इन्टरनेशनल अलर्ट, भिएसओ र माहुरी होम (मधेस मानव अधिकार समाज) ले धुलिखेल नगरपालिकाले न्यायिक क्षेत्रमा गरेको उल्लेखनीय कामको अनुभव साटासाट गर्न र अभिलेखीकरणको ढाँचा लुम्बिनी प्रदेश र २ नं प्रदेशका पालिकाहरूमा पनि गराउनका लागि धुलिखेल नगरपालिका उप प्रमुख, न्यायिक समिति सदस्यहरू र उजुरी प्रशासकलाई बोलाएको थियो ।
दुई दिनसम्म दाङको भालुवाङमा चलेको अनुभव साटासाट र सिकाइ कार्यक्रम निकै प्रभावकारी रहेको र यस कार्यक्रमले धुलिखेल नगरपालिकाको न्यायिक समितिले गरेका राम्रा कामहरू र अभिलेखीकरण काम जस्तै अरू पालिकाहरूले पनि सहज हुने इन्टरनेशनल अलर्टका कार्यक्रम अधिकृत कविराम मगरले बताए ।उक्त कार्यक्रममा सहजकर्ताको रूपमा आफ्नो नगरपालिकाले गरेका कामहरू अन्य पालिकाहरूसँग साट्न पाउँदा आफूहरूलाई अत्यन्तै खुसीको महसुस भएको धुलिखेल नगरपालिकाका न्यायिक समितिका सदस्य गणेश आचार्य र उजुरी प्रशासक सरोज थापा बताए ।
२ नं प्रदेशका ८ जिल्लाहरूमा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा र न्यायिक समितिका सदस्य मोहन लामिछानेले बिहीबार र शुक्रवार उक्त कार्यक्रमको सहजीकरण गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्